नौ महिनामा ९.५८ प्रतिशत थपिए मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, ४ खर्ब ४० अर्बको कारोबार


काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को चैतसम्म मोबइल बैंकिङ्ग प्रयोगकर्ताको २ करोड ७० लाख नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक तथ्यांकअनुसार मोबाइल बैंकिङ्ग प्रयोगकर्ता २ करोड ७० लाख १२ हजार २ पुगेको हाे ।

गत असार मसान्तसम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड ४६ लाख ४८ हजार ८४६ थियो। नौ महिनामा ९.५८ प्रतिशत मोबाइल बैंकिङ्ग प्रयोगकर्ता बढेका हुन् ।

चालु आर्थिक वर्षको चैतसम्म मोबाइल बैंकिङ्गबाट ४ खर्ब ४० अर्ब ४५ करोड रुपैयाँबराबरको कारोबार भएको छ। गत असारसम्म यस्ताे काराेबार३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।