काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेपमा भारी गिरावट देखिएको । केन्द्रीय बैंकको वैशाख २७ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६८ खर्ब ६० अर्ब निक्षेप संकलन भएको छ । अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६८ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो।
यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि ७ अर्ब रुपैयाँले घटेको छ । वैशाख २६ गते ६१ खर्ब ३४ अर्ब संकलन गरेका वाणिज्य बैंकहरुले वैशाख २७ गते ६१ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
समीक्षा अवधिमा कर्जा प्रवाहमा सामान्य गिरावट देखिएको छ । वैशाख २६ गते ५५ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा वैशाख २७ गते ५५ खर्ब २० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ ।
वैशाख २६ गते गते ४९ खर्ब ६ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले २७ गते ४९ खर्ब ३ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंकका अनुसार सो समयमा सीडी रेसियो ७९ दशमलव २२ प्रतिशत रहेको छ । त्यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर २ दशमलव ९० प्रतिशत रहेको छ ।






About Us
प्रतिक्रिया