काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनकाे मूल्य प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ तोकेको छ।
अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो। सुनको मूल्य बढ्दा चाँदी घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ मूल्य घटेको चाँदी आज १९६० मा कारोबार भएको छ।





About Us
प्रतिक्रिया