काठमाडौं– प्रतिनिधि सभा सदस्य रोशन कार्कीले कायममुकायम गभर्नर निलम ढुंगाना तिम्सिनालाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सरकारसमक्ष माग गरेकी छिन् ।
उनले बुधबारको प्रतिनिधिसभा सदस्यको बैठकलाई सम्बोधन गर्दे यसअगाडि पहिलो पटक राज्यका उच्च निकायमा पुगेका महिलाहरूको कार्यकाल उत्कृष्ट रहेको बताउँदै राष्ट्र बैंकको नेतृत्व महिलालाई दिन आग्रह गरेकी हुन् ।
सांसद काकीले भनिन्,‘ विगतमा हामीहरूले महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख पाएका थियौँ । उहाँहरूको कार्यकाल सफल र प्रशंसायोग्य थियो ।’
उनले थपिन्’म सभामुख मार्फत सरकारलाई अनुरोध गर्न चाहन्छु कार्यवाहक गभर्नर ढुंगानालाई नै राष्ट्र बैंकको नेतृत्व दिऔँ र ५२ प्रतिशत महिलाहरूलाई न्याय गरौँ। योग्य र अयोग्य मान्छेहरू खोज्न तर्फ नलागौँ।’
प्रतिक्रिया