काठमाडौं – नेपाल बीमा प्राधिकरणले ५७औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा प्राधिकरणले आज काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । प्रभातफेरी कार्यक्रममा अधिकाशं बीमा कम्पनीहरूको उपस्थिति रहेको थियाे ।
काठमाडौंको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी ¥याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, आरएनएसी, रत्नपार्क हुँदै भृकुटी मण्डपमा पुगेर सभा गरिएको हो । प्रभातफेरी कार्यक्रममा सहभागि सबैले बीमा सचेतना फैलाउने खालको पर्चा, प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
त्यस्तै, नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरण अध्यक्षले बीमा क्षेत्रमा जोडिएका सबैले इमान्दारीता र सबैले विश्वास गर्न सकिने वातावरण सिर्जना गरेर काम गर्न आग्रह पनि गरेका छन् ।
बीमा क्षेत्रको नियामक निकायको रुपमा नेपाल सरकारबाट वि.स. २०२५ सालमा बीमा समितिको स्थापना भएको हो । समितिले २०२६ साल जेठ १ गतेको प्रथम बैठकबाट आफ्नो कार्य आरम्भ गरेको थियो । स्थापना भएको तत्कालीन बीमा समिति २०७८ साल कार्तिक २२ गतेबाट नयाँ बीमा ऐन अनुसार बीमा प्राधिकरणमा रूपान्तरण भई बीमा क्षेत्रको नियमनमा भूमिका खेलिरहेको छ। बीमा कम्पनी, बीमक, सर्भेयरहरु, अभिकर्ताहरू र समग्र बीमा क्षेत्रलाई नियमन गरी प्रविधि र वर्तमान समयमा प्रभावकारी बनाउन पनि उल्लेख्य भूमिका खेलेको छ ।


प्रतिक्रिया