नेपाल फिनटेक फेस्टिवल २०२५ सम्पन्न, यी विषयमा भए छलफल


काठमाडौं – यूनियनपे इन्टरनेसनल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) को प्रायोजनमा सम्पन्न नेपाल फिनटेक फेस्टिवल २०२५ को प्रथम संस्करण गत बिहीबार काठमाडौंमा भव्यताका साथ सम्पन्न भयो । कार्यक्रममा नेपाल तथा अन्तर्राष्ट्रिय स्तरका वित्तीय संस्था, प्रविधि कम्पनी, नियामक निकाय र फिन्टेक नेतृत्व गरी करिब ४०० प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।

नेपाल फिनटेक फेस्टिवल  संजिव सुव्बा, काठमाडौं फिनटेकका संस्थापक तथा कार्यक्रमका प्रमुख होस्टद्वारा अवधारण गरिएको हो । जसको उद्देश्य रणनीतिक संवादलाई उत्प्रेरित गर्ने, नवीनतम प्रविधिहरूको प्रदर्शनी गर्ने, र नेपालमा वित्तीय क्षेत्रको डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै नेपालको फिन्टेक लाई विश्व मञ्च मा दरिलो उपस्थिति गराउने रहेको छ। यस कार्यक्रमको सह–आयोजक फिनटेक अलायन्स नेपाल रहेको छ।

फेस्टिवललाई सम्बाेधन गर्दै सुव्बाले भने’कार्यक्रमको मूल उद्देश्य नेपाललाई विश्व फिनटेक नक्शामा स्थापित गर्नु हो। दक्षिण एसियामा भारतबाहेक यति ठूलो राष्ट्रिय फिनटेक कार्यक्रम आयोजना गर्ने नेपाल दोस्रो मुलुक बनेको छ।’

कार्यक्रमका प्रमुख आकर्षणहरू:

  • उद्घाटन सत्रमा NCHL का CEO  निलेश मान सिंह प्रधान, मुक्तिनाथ विकास बैंकका CEO प्रद्युम्न पोखरेल, र नेपाल बैंकर्स संघका उपाध्यक्ष श्री सुरेन्द्रराज रेग्मीले मन्तव्य व्यक्त गरे ।
  • नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीलाई उनले डिजिटल भुक्तानीमा पुराएको विशिष्ट योगदानको लागि विशेष सम्मान, फिनटेक अलायन्स नेपाल र काठमाडौं फिनटेकद्वारा संयुक्त रूपमा प्रदान गरियो।
  • सिंगापुरस्थित DBS बैंकका पूर्व Chief Innovation Officer श्री नील क्रसको प्रेरणादायी मन्तव्य, जहाँ उनले एक सफल डिजिटल र सांस्कृतिक रूपान्तरणको कथा प्रस्तुत गरे ।
  • यूनियनपे साउथ एशिया ब्रान्चका प्रमुख श्री बिङहान हूको keynote address, साथै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडसँग कार्ड इशुएन्स सम्झौता सम्पन्न।
  • डिजिटल बैंकिङ्ग, साझेदारी रणनीति, QR प्रणालीपछिका नविनतम फिनटेक समाधान, र वित्तीय सेवामा कृत्रिम बौद्धिकता (AI) को भूमिका विषयमा चार वटा गहिरो प्यानल छलफलहरू।
  • श्री दीपक शर्मा (सूर्योदय स्मल फाइनान्स बैंकका बोर्ड सदस्य तथा कोटक महिन्द्रा बैंकका पूर्व CDO) को प्रमुख सम्बोधन, जसमा भारतको डिजिटल बैंकिङ्ग यात्राका महत्त्वपूर्ण सिकाइहरू प्रस्तुत गरिए।
  • कार्यक्रम लाई NMB बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द घिमिरे, नबिल बैंकका कामु प्रमुख अधिकृत  मनोज घिमिरे, मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युम्न पोखरेल र ग्लोबल आईएमई बैंकका डेपुटी प्रमुख  सुमन पोखरेलले सम्बोधन गरे ।

कार्यक्रमको दौरान प्रविधि प्रदर्शनी बुथहरू, नवप्रवर्तनहरूका लाइभ डेमो, र नेटवर्किङ्ग सत्रहरू समेत सञ्चालन गरिए, जसले सहभागीहरूलाई सहकार्य र नवप्रवर्तनमा एक आपसमा जडान हुन प्लेटफर्म प्रदान गर्‍यो। नेपाल फिनटेक फेस्टिवल २०२५ ले नेपालको फिनटेक यात्रा र क्षमतालाई अन्तर्राष्ट्रिय ध्यानमा ल्याउनुका साथै देशलाई दक्षिण एसियाली फिनटेक संवादको अग्रणी केन्द्र बनाउने दिशामा ऐतिहासिक पाइला चालेको छ। काठमान्डु फिन्टेक नेपालको वित्तीय र फिन्टेक क्षेत्र को इन्नोवेसन, तालिम र शोध मा संलग्न रहेको संस्था हो।