इतिहास नै ब्रेक गर्ने गरी गभर्नर पद रिक्त रह्यो: सांसद बराइली 


काठमाडौं – प्रतिनिधिसभा सदस्य रणेन्द्र बराइलीले गभर्नर नियुक्तिको विषयले इतिहासलाई ब्रेक गरेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै बराइलीले गभर्नर पद इतिहासलाई नै ब्रेक गर्ने गरी रिक्त रहेको बताएका हुन् ।

उनले भने,‘ गभर्नर नियुक्तिको सवालमा के हुनुपर्ने हो, के भइरहेको छ । दुनियाँको अगाडि छ्याङ्गै छ । गभर्नर नियुक्तिकाे विषयले इतिहासलाई ब्रेक गर्याे ’