काठमाडौं – केही दिनयता नेपाली बजारमा सुनको मूल्य निरन्तर घटिरहेको छ । सोही क्रमलाई निरन्तरता दिँदै आज (मंगलबार) प्रतितोला सुनको मूल्यमा २ हजार रुपैयाँको गिरावट देखिएको छ ।
योसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको मूल्य साेमबार प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको थियो ।
शुक्रबार प्रतितोला १४ सय रुपैयाँले घटेको सुनको मूल्य आइतबार ३ सय रूपैयाँले घट्यो । यो चार दिनमा सुनको मूल्य प्रतितोला ७ हजार ४ सय रूपैयाँ घटेको हो।
प्रतिक्रिया