आजदेखि सन नेपाल लाइफको हकप्रद शेयरमा आवेदन दिन सकिने



काठमाडौं – आजदेखि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयरको सार्वजनिक निष्कासन गरेको छ। आवेदन दिने अन्तिम मिति जेठ १९ गते सम्म रहेको छ। यस कम्पनीको १ कित्ता साधारण शेयर हुनेले ०.२७ कित्ताहकप्रद शेयरको दरले आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर १ः०.२७ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ।

हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले गत वैशाख ५ गते बुक क्लोज गरेकाले वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्रै हकप्रदमा आवेदन दिन सक्नेछन्।