काठमाडौं – नेपाल राष्ट्र बैंकले व्यावसायिक कर्जाको सदुपयोग गर्न सर्वसाधरणलाइृ आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै व्यवसायको उन्नति र प्रवर्द्धनका लागि व्यावसायिक कर्जाको सदुपयोग गर्न आग्रह गरेको हो ।
राष्ट्र बैंकका अनुसार यस्तो कर्जा मेसिन खरिद, व्यवसाय स्तरोन्नति, अद्यावधिक, विस्तार तथा नयाँ व्यापारिक अवसर सिर्जना गर्नका लागि उपयोगी हुन्छ । तर, यस किसिमको कर्जा पर्याप्त योजना र तयारी बिना लिइएमा आर्थिक बोझ बन्न सक्ने सम्भावना रहेकाे जनाएकाे छ ।
‘व्यावसायिक कर्जा विलासिता होइन, प्रगतिको आधार हो,’ सूचनामा उल्लेख गरिएको छ, ‘त्यसैले कर्जालाई सही ठाउँमा लगानी गरौं र आर्थिक अनुशासन अपनाउँदै आफ्नो तथा परिवारको वित्तीय छवि उज्यालो बनाऔं।’ राष्ट्र बैंकले कर्जा लिनु अघि आवश्यक योजना, व्यावसायिक जोखिमको मूल्याङ्कन र तिर्न सक्ने क्षमताबारे स्पष्ट समझदारी आवश्यक रहेको स्पष्ट पारेको छ।
प्रतिक्रिया