नेको इन्स्योरेन्स द्वारा १ अर्ब २२ करोड रूपैयाँ खुद बीमा शुल्क आर्जन



काठमाडौ. – नेको इन्स्योरेन्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार यस अवधिसम्म १ अर्ब २२ करोड रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

गत आवको यसै अवधिसम्म १ अर्ब ७ करोड रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले त्यसको तुलनामा यस वर्ष १४.३९ प्रतिशत बढी खुद बीमा शुल्क आर्जन गरेको हो।

समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा ४ अर्ब ६० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बीमा कोषमा ३ अर्ब ४१ करोड ५१ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १७.३० प्रतिशतले बढेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब १६ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.७५ प्रतिशतले बढेको छ।