काठमाडौं – युनाइटेड अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास साउन–चैतसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्म कम्पनीले ११ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २७ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा २ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बीमा कोषमा २ अर्ब २८ करोड ९२ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ६.०४ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको विशेष जगेडामा ९९ करोड १ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ३६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड ५८ लाख रुपैयाँ र अन्य इक्विटीमा ६८ करोड १८ लाख रुपैयाँ रहेको छ।
कम्पनीले समीक्षा अवधिसम्म ७२ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ७८ करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क ८.१६ प्रतिशतले घटेको छ।
प्रतिक्रिया