काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरणमा उलेख्य सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले समिक्षा अवधिमा ४६ करोड ५७ लाख रूपैयाँ खुद नाफा गरेको छ।
गत आवको यसै अवधिसम्म ३४ करोड २ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीले त्यसको तुलनामा यस वर्ष भने ३६.८८ प्रतिशत बढी खुद नाफा आर्जन गरेको हो। नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ३.६० रूपैयाँले बढेर १३.८८ रूपैयाँ रहेकाे छ ।
यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १६७.९७ रूपैयाँ रहेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन पनि २ अर्ब ७३ करोड रूपैयाँबाट २७.१८ प्रतिशतले वृद्धि भएर करीब ३ अर्ब ४८ करोड रूपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी २७.१३ प्रतिशतले वृद्धि हुँदा कुल खर्च पनि २६.५३ प्रतिशतले वृद्धि भएको छ ।कम्पनीको कुल आम्दानी ३ अर्ब ७४ करोड रूपैयाँबाट बढेर ४ अर्ब ७६ करोड नाघ्दा कुल खर्च ३ अर्ब ४० करोडबाट बढेर ४ अर्ब ३१ करोड रूपैयाँ बढी पुगेकाे छ ।
प्रतिक्रिया