काठमाडौं – चालु आर्थिक वर्षको चैत मसान्तसम्म धितोपत्र बजार पुँजी ४४ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१ /८२ को चैतसम्मको तथ्यांकअनुसार धितोपत्र बजार पुँजीकरण ४४ खर्ब २५ अर्ब ४० करोड कायम भएको छ ।
यस्तै, २०८० चैतसम्म २ हजार २५ दशमलव ७१ रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०८१ चैतसम्ममा २६ सय ६२ दशमलव ८ को बिन्दुमा कायम भएको छ। २०८० चैतसम्म बजार पुँजीकरण ३२ खर्ब १२ अर्ब १ करोड कायम भएको छ । आव २०८१ चैत मसान्तसम्म नेप्सेमा सूचीकृत ८ अर्ब ७२ करोड रुपैयाँ शेयरको चुक्ता मूल्य ८५ खर्ब ९ अर्ब ४५ करोड रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा १९ अर्ब ७७ करोड रुपैयाँ बराबरको बोनस शेयर, १५ अर्ब ४१ करोड रुपैयाँ बराबरको साधारण शेयर, ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, १० करोड ६९ लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य शेयर गरी कुल ५२ अर्ब १५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ६० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, १० अर्ब ३७ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको डिबेन्चर र १ अर्ब ७९ करोड रुपैयाँ बराबरको साधारण शेयर गरी जम्मा २८ अर्ब ५८ करोड रुपैयाँ बराबरको धितो पत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।






About Us
प्रतिक्रिया