काठमाडौं – भन्सार छली चोरी पैठारी गरी ल्याएको कपडा र धाराका पार्टपुर्जा ओसार प्रसार गरिरहेको ट्रकलाई प्रहरीले नियन्त्रण गरेको छ । प्रहरीले साँगाबाट काठमाडौं तर्फ आइरहेको बा.४ख.७६० नम्बरको सेतो टाटा कम्पनीको ट्रक नियन्त्रण गरेको हो ।
ट्रकमा परालको भुसमा लुकाएर ल्याएको ३८८७ थान कर्ता सुरुवाल, ३२ रोल पाइन्टको कपडा, ३५६ पिस सर्ट, २८० रोल सर्टको कपडा, १८७५ पिस ब्लाउज, ९९ रोल पर्दाको कपडा, १५९ पिस साडी र ३९८ पिस धाराका पार्टपुर्जा गरी अन्दाजी ७२ लाख बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया