लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती भव्य रूपमा मनाउने घोषणा गरेका छन् । सोमबार लुम्बिनीमा आयोजित २५६९औं बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् ।
बुद्धको सन्देश र उपदेशको विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएको उल्लेख गर्दै उनले बुद्ध दर्शन, बुद्धका सिद्धान्त, र ऐतिहासिक महत्वका बारेमा खुलेर चर्चा गरे ।
प्रधानमन्त्री ओलीले भिक्षु आनन्दप्रति आभार प्रकट गर्दै त्रिपिटकलाई भोजपत्रमा लेखी लिपिबद्ध रूपमा सुरक्षित राखिएको स्मरण गरे । त्रिपिटकको पहिलो लिपि म्यूजियममा अझै रहेको जानकारी समेत दिए।
प्रतिक्रिया