एकैदिन तोलामा ३ हजार ७ सय रूपैयाँले घट्यो सुनको मूल्य 


काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज प्रतितोला सुनको मूल्यमा ३ हजार ७ सय गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार  प्रतितोला छापावाल सुन १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी १ हजार ९६० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी तोलाको १ हजार ९७० रुपैयाँमा किनबेच भएको थियो।