४२ लाख हुण्डीको रकमसहित दुई जना पक्राउ


काठमाडौं – नेपाल राष्ट्र बैकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत वित्तीय कारोबार गर्ने दुई जनालाई प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ  पर्नेमा खोटाङका बराह पोखरी घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने वर्ष २३ को विजय कुमार राई र रामेछापको मन्थली घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने वर्ष २८ को खेटराज श्रेष्ठ रहेका छन् ।

उनीहरुको साथवाट हुण्डी कारोबारको लागि बोकेको ४२ लाख १० हजार सहित पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागी जिल्ला प्रहरी परिसर कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

राईको साथबाट पच्चिस लाख रकमसहित विभिन्न व्यक्तिहरूको चेक ३ थान , मोबाइल एक थान र श्रेष्ठको साथबाट सत्र लाख दश हजार नगदसहित विभिन्न व्यक्तिहरूको चेक तीन थान, मोबाइल एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरू बिशालबजार एरियाबाट पक्राउ परेको प्रहरीले बताएको छ ।