सार्वजनिक बिदामा पनि यी बैंकले दिँदैछन् सेवा 


काठमाडौं – सरकारले बुद्ध जयन्ती तथा उभौली पर्वका अवसरमा आज सोमबार सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदाको दिन पनि आफ्ना ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश  बैंकहरुले  सेवा दिइरहेका हुन् । 

बैंकहरुले सम्पूर्ण शाखा सञ्चालन नगरे पनि केही शाखा मार्फत सेवा प्रदान गरिरहेका छन् । अब शेयर बजार, अन्य बैंक–वित्तीय, सरकारी कार्यालय तथा शिक्षण संस्था मंगलबार नियमित समयमै खुल्नेछन् ।