आज सार्वजनिक बिदाः बैंक वित्तीय संस्था र शेयर बजार बन्द


काठमाडौं – सरकारले बुद्ध जयन्ती तथा उभौली पर्वका अवसरमा आज सोमबार सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा भएकाले आज शेयर बजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहेका छन् ।

अब शेयर बजार, अन्य बैंक–वित्तीय, सरकारी कार्यालय तथा शिक्षण संस्था मंगलबार नियमित समयमै खुल्नेछन् ।