काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य विश्व पौडेलले राजीनामा दिएका छन् । राष्ट्र बैंकको गभर्नर बन्ने चर्चाकाबीच पौडेलले सिफारिस समितिबाट संयोजक एवं अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् ।
काँग्रेसले गभर्नर बनाउने तयारी गरिरहेको समयमा पौडेलले समिति सदस्यबाट राजीनामा दिएका हुन् । समितिमा संयोजक अर्थमन्त्री पौडेल, तत्कालिन गभर्नर महाप्रसाद अधिकारी र पौडेल सदस्य थिए । पाैडेलकाे राजीनामासँगै गभर्नर नियुक्ति प्रक्रिया थप लम्बिने भएको छ ।






About Us
प्रतिक्रिया