काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काठमाडौं उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना,भक्तपुरमा कार्यरत सव–इन्जिनियर कुमार पौड्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनले सार्वजनिक पदमा रहेर गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको र उक्त सम्पत्तिबाट बढेको सम्पत्ति उनकी श्रीमती विष्णु मैया पौड्यालका नाममा राखेको देखिएको आयोगले जनाएको छ ।
आयोगले उनीविरुद्ध ३ करोड ६३ लाख २१ हजार २०७ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै मुद्दा दायर गरेको छ । पौडेलले ९ वैशाख २०५१ देखि ३१ असार २०८० सम्मको अवधिमा उक्त अकुत रकम कमाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २(ख) समेतको प्रचलित कानून बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र उनको श्रीमतीलाई प्रतिवादी कायम गरी आयोगले आज विशेष अदालत,काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।






About Us
प्रतिक्रिया