काठमाडौं –कारोबारको पहिलो दिन आइतबार शेयर बजार दाहोरो अंकले घटेको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्चेञ्ज (नेप्से) ११ दशलमव ५३ अंकले घटेर २,६५० को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको शेयर मूल्य बढ्दा १६४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३ सय कम्पनीको २ करोड ४० लाख ११ हजार १४ कित्ता शेयर किनबेच हुँदा १० अर्ब २० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको ५४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । हिमालयन हाइड्रोपावरका लगानीकर्ता र जोशी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । ओम मेगा श्रीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज कम्पनीका लगानीकर्ताले ७ दशलमव ४५ प्रतिशतका दरले गुमाएका हुन् । बजार घटेपनि आज होटल तथा पर्यटनमा भने उछाल आएको छ । आइतबार होटल तथा पर्यटन समूहको ६.५० प्रतिशतले शेयर मूल्य बढेको छ ।
साथै, विकास बैंकको १.२७ प्रतिशतले शेयर मूल्य बढेको छ । यसदिन ८ उपसूचक राताम्य भएका छन् । फाइनान्सको शेयर मूल्य सर्वाधिक ३.७२ प्रतिशतले घटेको छ ।



About Us
प्रतिक्रिया