काठमाडौं – विकास हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ ६ गते आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ निष्कासन गर्ने भएको हो । धितोपत्र बोर्डले कम्पनीलाई ९० करोड ९१ लाख १ हजार ३ सय रुपैयाँको ४९ प्रतिशत अर्थात् ४४ करोड ५४ लाख ५९६ कित्ता आइपीओ निष्कासन गर्ने अनुमति दिएकाे छ ।
कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने रकम १०० अंकित मूल्यका दरले कुल ९ लाख ९ हजार १ सय १ कित्ता प्रभावित स्थानीयका लागि र सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने ३ लाख ५४ हजार ५ सय ५० कित्ता बिक्री खुल्ला गर्ने भएको छ ।
उक्त आाइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन् । स्थानीयले यो आइपीओमा जेठ ६ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीले जेठ २० गते बैकिङ्ग समयसम्म आवेदन दिन सक्नेछन् । यस कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
प्रतिक्रिया