काठमाडौं – यो साता शेयर बजारमा समग्रमा दोहोरो अंकको वृद्धि देखिएको छ । यो साता शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३७.८२ अंकको वृद्धि देखिएको हो । यो साता पाँच दिन नै कारोबार भएको बजारमा ३ दिन नेप्से बढ्दा २ दिन घट्यो । यो साताभरि शेयर बजारमा ४६ अर्ब माथिको कारोबार भयो । गत साता नेप्सेमा ३४ दशमलव १७ अंकको गिरावट देखिँदा ३५ अर्ब बढीको कारोबार भएको थियो ।
साताको पहिलो कारोबारको दिन आइतबार नेप्सेमा ३.४४ अंकले घट्दै बजार २६ सय २०.३९ अंकको बिन्दुमा ओर्लिएको थियो। त्यसदिन ८ अर्ब ९५ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भयो । यस्तै, सोमबार नेप्सेमा ९.९८ अंकको गिरावट आउँदा ७ अर्ब ३८ करोड रुपैयाँको कारोबार भयो। साताको पहिलो र दोस्रो कारोबारको दिन लगातार घटेको नेप्सेमा तेस्रो दिन अर्थात्, मंगलबार झिनो अंकको सुधार देखियो। बुधबार नेप्से १.३ अंकले बढ्दा ८ अर्ब ५६ करोड ९४ लाख रुपैयाँ माथिको कारोबार भयो ।
यस्तै, बुधबार नेप्से ६२.२५ अंकले बढ्दा १० अर्ब रुपैयाँ माथिको कारोबार भयो । बुधबार बढेको बजारमा साताको अन्तिम कारोबारको दिन बिहीबार भने १२.४ अंकको गिरावट देखियो । बिहीबार ११ अर्ब ४१ करोड रुपैयाँ माथिको कारोबार भयो ।समग्रमा यो साता गत साताको तुलनामा ११ अर्ब माथिको कारोबार भयो । गत साता ३५ अर्ब रुपैयाँको कारोबार हुँदा ४६ अर्बभन्दा बढीको कारोबार भयो ।



About Us
प्रतिक्रिया