प्रभु बैंक र सेन्चुुरी बैंकको एकिकृत कारोबार आजबाट, घट्यो वाणिज्य बैंकहरुको संख्या 

प्रभु बैंक र सेन्चुुरी बैंकको एकिकृत कारोबार आजबाट, घट्यो वाणिज्य बैंकहरुको संख्या 

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आज पुस २६ गतेबाट नेपालमा वाणिज्य बैंकको संख्या २३ कायम भएको छ । प्रभु बैंक र  सेन्चुरी बैंक एक आपस मर्जर भई आज पुस २६ गतेबाट एकिकृत कारोबार सुरु गरेसँगै वाणिज्य बैंकको संख्या २३ कायम भएको हो।

मर्जरपछि प्रभु बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको हो । मर्जर पछि बैंकको कुल सम्पति ३ खर्ब ४० अर्ब, चुक्ता पुँजी २३ अर्ब, कुल निक्षेप २ खर्ब ८४ अर्ब, ३६५ शाखा सञ्जाल, २ खर्ब ५३ अर्ब ऋण, ३०९ एटिएम , ३० लाख ग्राहक, र ७२ एक्सटेन्सन काउन्टर रहेका छन् । 

दुवै बैंकको पुस १४ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले यी दुई बैंकलाई पुस १९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।  कम्पनी रजिष्ट्रारको कार्यालयल पुस २१ गते सेन्चुरीको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्रभु बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । 

सोहि अनुसार आज पुस २६ गते मंगलबारदेखि प्रभु बैंकको नामबाट एकिकृत कारोबार भएको हो ।  मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल प्रभु बैंकको केन्द्रीय कार्यालय रहेको स्थान बबरमहलमा रहने छ ।