साताको सुन कारोबार: प्रतितोला ६७ सय रुपैयाँले बढ्यो मूल्य 


काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला प्रतितोला ६ सय रुपैयाँले बढ्दै १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भयो । आइतबार बढेको सुनको मूल्य सोमबार पनि बढ्यो । सोमबार प्रतितोला पाँच सय रुपैयाँले बढ्दै प्रतितोला सुन १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भयो । आइतबार र सोमबार क्रमशः ५ सय र ६ सय रुपैयाँले बढ्यो सुनको मूल्यमा मंगलबार भने भारी रकमको वृद्धि देखियो ।

मंगलबार प्रतितोला सुन ५हजार ३ सय रुपैयाँले बढ्दै  १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भयो। यस्तै, बुधबार प्रतितोला १ हजार ७ सय रुपैयाँले बढ्दै  प्रतितोला सुन १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भयो । बिहीबार पनि सुनको मूल्यमा  ६ सय रुपैयाँको वृद्धि देखियो । त्यसदिन प्रतितोला सुन  १ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भयो ।

साताको अन्तिम कारोबारको दिन शुक्रबार १४ सय रुपैयाँले घट्दै  प्रतितोला सुन १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भयो। समग्रमा यो साता सुनको मूल्यमा ६ हजार ७ सय रुपैयाँको वृद्धि देखियो ।