नेपाल सरकारको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

नेपाल सरकारको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल स्टक एक्सचेन्जमा नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले निष्कासन गरेको विकास ऋणपत्र सूचीकृत भएको छ । राष्ट्र बैंकका तीनओटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत गरिएको हो ।

राष्ट्र बैंकको २ वर्षे अवधि तथा १० दशमलव ६४ प्रतिशत ब्याजदर भएको ८ अर्ब बराबरको ‘२०८१ छ’ नामक ऋणपत्र, ३ वर्षे अवधि तथा १० प्रतिशत ब्याजदर भएको २ अर्बको ‘२०८२ छ’ नामक ऋणपत्र र ४ वर्षे अवधि तथा १० दशमलव ९३ प्रतिशत ब्याजदर भएको ५ अर्ब बराबरको ‘२०८३ ज’ नामक ऋणपत्र सूचीकृत भएका हुन् ।