काठमाडौं – पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय तत्काल पार लाग्ने बताएका छन् । बुढानीलकण्ठमा जारी कांग्रेसको पदाधिकारी बैठकमा सभापति देउवाले गर्भनर नियुक्तिको विषय प्राविधिक समस्याका कारण लम्बिएको भन्दै तत्काल समाधान हुने बताएका हुन् ।
सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिमा वर्तमान गठबन्धनमा कुनै समस्या नभएको जिकिर गर्दै आएका छन् । उनले केही दिन अगाडि एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र बैंकका कारण नै गभर्नर नियुक्त हुन नसकेको बताएका थिए ।
राष्ट्र बैंकको ऐनमा बहालवाला गभर्नरको कार्यकाल पूरा हुनु एक महिना अघि नै गभर्नर नियुक्ति गरेर सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था भएपनि हालसम्म नियुक्त गरिएको छैन ।
गत चैत २४ गते १७ औं गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि हालसम्म केन्द्रीय बैंकले गभर्नर नियुक्त गर्न सकेको छैन ।
प्रतिक्रिया