नेपाल भ्वाइस अफ ग्लोबल साउथमा सहभागी हुने 

नेपाल भ्वाइस अफ ग्लोबल साउथमा सहभागी हुने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
भारतले आयोजना गरेको भ्वाइस अफ ग्लोबल साउथ समिटमा नेपाल पनि सहभागी हुने भएको छ ।

भारतले पहिलोपटक आयोजना गर्न लागेको समिटमा नेपालका तर्फबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सम्बोधन गर्ने भएका छन् । समिट २८/२९ पुसमा हुँदैछ ।

भारतीय विदेश मन्त्रालयले नेपाललाई सहभागिताका लागि पत्रचार गरेको थियो । भारतले दक्षिण एसियाली देशका ग्लोबल विषयमा साझा धारणा र दृष्टिकोण बनाउन समिटको आयोजना गरेको बताएको छ । 

भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार समिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास’मा बोल्नेछन् । समिटमा २८ पुसमा चार सत्र र २९ पुसमा छवटा सत्र हुनेछन् ।

प्रत्येक सत्रमा १० देखि २० देशका नेता तथा मन्त्रीहरूको सहभागिता रहनेछ । उक्त समिटमा नेपालका अर्थमन्त्री पौडेलले २८ पुसमा सम्बोधन गर्नेछन् । पौडेलले भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् ।