साग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं– साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले २ जना संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री खुल्ला गरेको हो ।

बैंकले दुर्गा बहादुर पुन मगरको नाममा रहेको १५ हजार २ सय ८५ कित्ता र माधन प्रसाद अर्यालको नाममा रहेको ७१ हजार १ सय ८९ कित्ता शेयर बिक्री खुल्ला गरेको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक कुनै पनि व्यक्ति, संस्था, कम्पनीले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा आवेदन दिन सक्नेछन् । शेयर खरिदका लागि बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंमा आफूले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन् ।