काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज तोलामा आज सुन १ हजार ४०० घटेको छ । चाँदीमा भने प्रतितोला पाँचले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ८०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९६० रुपैयाँमा बेचबिखन भइरहेको छ ।
बिहीबार प्रतितोला सुन एक लाख ९२ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीएक हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया