प्रतिनिधिसभाको बैठकमा आज पनि नीति तथा कार्यक्रमाथि छलफल


काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । बैठक बिहान ११ः०० बजे बस्नेछ । नीति तथा कार्यक्रममा गत सोमबारदेखि नै छलफल जारी छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची पनि रहेको संसद् सचिवालयले जानकारी दिएकाे छ ।