‘नेपाल फिनटेक फेस्टिभल २०२५’ सम्पन्न


काठमाडौं – काठमाडौं फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा आयोजना भएको ‘नेपाल फिनटेक फेस्टिभल २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन् ।

सो कार्यक्रममा विभिन्न देशका विज्ञहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको उद्घाटन सत्रलाई काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बा, नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, मुक्तिनाथ विकास बैंक सीईओ प्रद्युमन पोखरेल, नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मी र नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीले सम्बोधन गरेका थिए ।

नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर अधिकारीले डिजिटल माध्यमबाट हुने कारोबार बढ्दा आफुलाई खुशी लाग्ने गरेको बताए । उनले सरकारी भुक्तानी प्रणाली पनि उल्लेखनीय रूपमा अनलाइन हुन थालेको बताए । उनले कोरोनाको समयमा केन्द्रीय बैंकले बनाएको अवधारणाले हाल आम मानिसको दैनिक जिवनमा महत्त्वपूर्ण भुमिका खेलेको बताए ।

त्यस्तै, उद्घाटन सत्रमा बोल्दै नेपाल बैंकर्स संघका उपाध्यक्ष रेग्मीले डिजिटल कारोबारलाई विस्तार गर्दै जाने बताउदै मोबाइल प्रविधि प्लेटफर्ममार्फत डिजिटल कारोवार विस्तार गर्ने बताए । उनले डिजिटल प्रविधिले स्मार्ट, सुरक्षित र प्रयोगकर्ता९मैत्री व्यवस्थापनको नयाँ युगतर्फ मार्गदर्शन गर्ने बताएका छन् । उनले डिजिटल प्रविधिमा नै केन्द्रित रहेर बैंकहरुले टेक्स्ट र आवाज दुबैमा प्रतिक्रिया दिन सक्ने क्षमतायुक्त एआई आधारित च्याटबोट निर्माण गरिसकेको पनि बताए ।

त्यसैगरी, क्लियरिङ हाउसका सीईओ निलेशमान सिंह प्रधानले पछिल्लो समय नेपालले डिजिटल भुक्तानीमा उल्लेखनीय फड्को मारेको बताएका छन । उनले हाल डिजिटल भुक्तानी गर्नेहरू बढेको बताउदै बजार बिस्तारको क्रममा नै रहेको बताएका हुन । उनले नेपालमा डिजिटल भुक्तानीको सबैभन्दा प्रमुख चुनौति पुर्वाधार रहेको बताएका छ्न । उनले नेपालमा बढी ग्रामीण भएको हुदा पनि पुर्वाधारमा चुनौती सामना गर्नु परेको बताएका हुन् ।

मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युमन पोखरेलले विकास बैंकले वित्तीय मध्यस्थता र देशको आर्थिक प्रणालीमा निकै महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् ।