काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहीबार ५ बजेलाई मन्त्रीपरिषद् बैठक डाकेका छन् ।
प्रधानमन्त्री ओलीले आज नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्तिका लागि मन्त्रीपरिषद् बैठक बोलाइएको अनुमान गरिएको छ । खासगरी, गत वर्ष २०८१ को चैत महिनामा नै नियुक्त भइसक्नुपर्ने गभर्नर वैशाख बित्न लाग्दा समेत नियुक्त हुन सकेको छैन ।
सत्ताधारी राजनीतिक दलहरू नेपाली काँग्रेस र नेकपा एमालेको कुरा नमिल्दा नेपाल राष्ट्र बैंकले १८औँ गभर्नर पाउन सकेको छैन । चैत २४ गते नियुक्त भइसक्नुपर्ने गभर्नर वैशाखको २४ गतेसम्म टुङ्गो लाग्न सकेको छैन ।
सुरुमा एक दर्जन हाराहारीको नाम चलेकोमा पछिल्लो समय डा. नीलम ढुङ्गाना र डा. गुणाकर भट्टमा आइपुगेको थियो । तर, आज बुधवार अचानक गभर्नर नियुक्ति प्रक्रियामा ज्ञानेन्द्र ढुङ्गानाको चर्चा चुलिएको छ ।
शेरबहादुर देउवा पत्नी आरजु राणाले ढुङ्गाना बोकेपछि उनको नाम चुलिएको हो । सम्भवतः आजको मन्त्रीपरिषद् बैठकले १८औँ गभर्नरको टुङ्गो लगाउने छ ।
प्रतिक्रिया