नेपाल बीमा प्राधिकरणले बैशाख २८ गते अभिकर्ता परिक्षा सञ्चालन गर्ने



काठमाडौं – नेपाल बीमा प्राधिकरणको कोशि प्रदेशले बैशाख २८ गते जीवन बीमा अभिकर्ताहरुको परिक्षा सञ्चालन गर्ने भएको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था भए बमोजिम कार्यालयले अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्न लागेको हो ।

प्राधिकरणको कोशि प्रदेशले उक्त परिक्षा ३ बजेदेखि ४ः३० सम्म सञ्चालन गर्ने भएको छ ।