नेप्सेमा १२.६० अंकको गिरावट, कारोबार रकम ११ अर्ब

‘बैंकिङ्ग समूहमा१० दशमलव ४९ अंकको गिरावट’


काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजारमा १२ दशमलव ६० अंकको गिरावट आएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएसँगै बजार २६ सय ६१ दशमलव ८ को बिन्दुमा कायम भएको छ । आज ९६ कम्पनीहरुको शेयर मूल्यमा वृद्धि आएको छ भने १५० कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।आज नेप्सेमा ३१५ कम्पनीले ११ अर्ब ६५ करोड भन्दा माथिको कारोबार गर्दा ३ करोड ७९ लाख ९ हजार कित्ता शेयर किनबेच गरेको छ ।

आज सबैभन्दा बढि कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । यी दुई कम्पनीका लगानी कर्ताहरुले आज १० प्रतिशका दरले कमाएका छन् । त्यस्तै, आज सबैभन्दा बढि गुमाउने कम्पनीहरुमा नारायणी डेभलपमेन्ट र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् । आज नारायणी ७.६ प्रतिशत र सप्तकोशीले ६.३६ प्रतिशतका दरले गुमाएका छन् ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज ङादीले ७८ करोड ४५ लाख ९६ हजार ४ सय ३१ रुपैयाँको कारोबार गरेको हुँदा सानीमाकाे ६५ करोड ४९ लाख २६ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।