ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले संस्थापक बाहेक अन्य व्यक्ति, कम्पनीहरूका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले केही  संस्थापक शेयरधनीकाे नाममा रहेकाे संस्थापक शेयरमध्ये आशिंक/पुरा शेयरहरू बिक्री खुल्ला गरेको हो ।  

सो शेयर शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी, संस्थाहरूले सूचना प्रकाशित मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्। शेयर खरिदका लागि बैंकको केन्द्रीय कार्यालय कमल पोखरी काठमाडौंमा आफूले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिनुपर्नेछ ।