काठमाडौं – नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधानले पछिल्लो समय नेपालले डिजिटल भुक्तानीमा उल्लेखनीय फड्को मारेको बताएका छन् । काठमाडौ फिनटेकले फिनटेक अलायन्स नेपालको सहकार्यमा आयोजना भएको ‘नेपाल फिनटेक फेस्टिभल २०२५’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले हाल डिजिटल भुक्तानी गर्नेहरू बढेको बताउँदै बजार बिस्तारको क्रममा नै रहेको बताएका हुन । उनले नेपालमा डिजिटल भुक्तानीको सबैभन्दा प्रमुख चुनौती पूर्वाधार रहेको बताएका छन् । उनले नेपालमा बढी ग्रामीण भएको हुँदा पनि पूर्वाधारमा चुनौती सामना गर्नु परेको बताएका हुन ।
उनले एक वर्षको अवधिमा करिब १९ अर्बभन्दा बढीको कारोबार डिजिटल भएको जानकारी समेत दिए । उनले डिजिटल भुक्तानीबाट भएको कारोबारले नै सामान्य रुपम सीमित नरहेको प्रस्ट देखिने बताए । उनले डिजिटल प्रविधिको प्रभाव र विस्तार अझ व्यापक बन्दै गएको पनि बताए ।
प्रतिक्रिया