काठमाडौं – कुमारी बैंक लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरूका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीकाे नाममा रहेकाे संस्थापक शेयर बिक्रीमा राखेकाे हाे ।
बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ८ सय १३ कित्ता शेयर बिक्री खुल्ला गरेको छ । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्।
शेयरका खरिदका लागि बैंकको शेयर रजिस्ट्रार कुमारी क्यापिटल काठमाडौं–१ नक्साल वा बैंकको प्रधान कार्यालय काठमाडौं–२ टंगालमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।






About Us
प्रतिक्रिया