काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९२ हजार २०० रूपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९५५ रूपैयाँमा काराेबार भइरहेकाे छ ।
बुधबार प्रतितोला सुन एक लाख ९१ हजार ६०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी एक हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया