काठमाडौं – नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीले डिजिटल माध्यमबाट हुने कारोबार बढ्दा आफुलाई खुसि लाग्ने गरेको बताएका छन् । काठमाडौं फिनटेकले फिनटेक अलायन्स नेपालको सहकार्यमा आयोजना भएको ‘नेपाल फिनटेक फेस्टिभल २०२५’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारी भुक्तानी प्रणाली पनि उल्लेखनीय रूपमा अनलाइन हुन थालेको बताए ।
‘मैले गभर्नरको जिम्मेवारी सम्हालेँ, त्यतिखेर बाह्य वातावरण क्रमश विस्तार हुँदै गइरहेको थियो।’ उनले भने ‘त्यसको केहि समयमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले समस्या सिर्जना भयो । त्यहि समयमा डिजिटल कारोबारको अवधारणा हामीले सिर्जना गर्यौ ।’ उनले कोरोनाको समयमा केन्द्रीय बैंकले बनाएको अवधारणाले हाल आम मानिसको दैनिक जिवनमा महत्त्वपूर्ण भुमिका खेलेको बताए ।
उनले डिजिटल भुक्तानीलाई अब्बल बनाउन सोहिअनुरूपको पुर्वाधार बनाउन पनि आवश्यक रहेको बताए । उनले डिजिटल भुक्तानीको लागि पुर्वाधार बनाउन सरोकारवालासँग माग राख्दै आएको समेत बताए । उनले डिजिटल कारोबारमा भारत एक उत्कृष्ट देश भएको भन्दै भारतको केन्द्रीय बैंक भारतीय रिजर्भ बैंकले पेमेन्ट्स गेटवे इनिसियटिभ जस्ता प्रणाली सुरु गरेको पनि बताएका छन् ।



About Us
प्रतिक्रिया