जिल्ला अदालत परासीका कम्प्युटर अपरेटर दुई लाख घुससहित पक्राउ


काठमाडौं – अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगमा नवलपरासी जिल्ला अदालतको परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनियाले लागू औषध मुद्दाको पुर्पक्षमा कारागार कार्यालय नवलपरासीमा रहेका सेवाग्राहीसँग छुटाई दिन सहजीकरण गर्ने भनी दुई लाख घुससहित पक्राउ गरेको छ ।  

आयोगको  टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं– ३ बेलासपुर चोकबाट २४ गते नियन्त्रणमा लिएको हो ।