रिलायन्स स्पिनिङ मिल्सको नाफा १ अर्ब नाघ्यो


काठमाडौं – चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको अधिकांश सूचकमा उल्लेख्य वृद्धि भएको देखिएको छ । कम्पनीले चालु आवको चैतसम्ममा १ अर्ब २ करोड ८५ लाख ७ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ । गत आव असारसम्म कम्पनीको कुल नाफा ८६ करोड ५० लाख ६० हजार थियो ।

गत आव असारको तुलनामा चालु आव चैतसम्म कम्पनीको कुल नाफा १६ करोड ३४ लाख ४७ हजार रुपैयाँले बढी हो । समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ ४९ पैसा पुगेको छ । यसअघि चालु आव दोस्रो त्रैमासमा कम्पनीको ईपीएस २२ रुपैयाँ १९ पैसा र पहिलो त्रैमासमा १९ रुपैयाँ ९५ पैसा थियो ।

गत आव असारमा कम्पनीको ईपीएस २ रुपैयाँ ९५ पैसा थियो । त्यसपछि चालु आव क्रमशः बढेर तेस्रो त्रैमाससम्ममा २५ रुपैयाँ ४९ पैसा कायम भएको हो । यस्तै, चालु आव तेस्रो त्रैमाससम्ममा ७ अर्ब ३९ करोड १७ लाख ३७ हजार बराबर व्यापार गरेको छ। गत आव असारसम्मा कम्पनीको व्यापार ९ अर्ब २० करोड ६० लाख रुपैयाँ थियो ।

कम्पनीको अन्य आम्दानी ४ करोड २७ हजार रुपैयाँ छ । चालु आव चैतसम्म कम्पनीको कर तिरेपछिको नाफा ३२ करोड ४२ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।