‘नेपाल फिनटेक फेस्टिभल २०२५’ आयोजना हुँदै, सम्पूर्ण तयारी पूरा 


काठमाडौं – काठमाडौं फिनटेकले फिनटेक अलायन्स नेपालको सहकार्यमा भाेलि (बिहीबार) ‘नेपाल फिनटेक फेस्टिभल २०२५’ आयोजना हुने भएकाे छ । काठमाडौं फिनटेकले अलान्यस नेपालको सहकार्यमा उक्त महोत्सव आयोजना गरेको हो ।उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएकाे काठमाडौं फिनटेकका संस्थापक  सन्जीव सुब्बाले बैंकिङ्ग समाचारलाई जानकारी दिए । उनकाअनुसार यस कार्यक्रममा विभिन्न देशका विज्ञहरुले  सम्बोधन गर्नेछन् । 

कार्यक्रमा काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बा , नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, मुक्तिनाथ विकास बैंक लिमिटेडका सीइओ प्रद्युमन पोखरेल ,नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मी र नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीले सम्बोधन गर्ने भएका छन् ।

पूर्व गभर्नर महाप्रसाद अधिकारी विशेष आतिथ्यमा हुने यो महोत्सवलाई नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुखहरू आदिले पनि सम्बोधन गर्नेछन् । नियामक निकायका प्रतिनिधिहरू, बैंकर्स, फिनटेक व्यवसायी, शैक्षिक क्षेत्रका विज्ञहरू र अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहने यस कार्यक्रममा नवीनतम प्रविधि र फिनटेक सोलुसनको प्रदर्शनी, उत्पादन प्रदर्शन, तथा फिनटेक कम्पनीहरूबीचको सहकार्य सम्झौता आदिको विशेष प्रस्तुति रहनेछ ।

नेपाल र क्षेत्रीय फिनटेक विकासको दिशामा महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने यो महोत्सवले डिजिटल वित्तीय भविष्य निर्माणमा ऐतिहासिक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।