काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक नोट बाहेक सुरक्षाका सबै सामग्री छाप्ने व्यवस्था नेपालमै सुरु भएको बताएका छन् । आज (बुधबार) गोरखापत्र दैनिकको १२५ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नोट बाहेकका सबै छपाइ सामग्री उत्पादन गर्न सक्ने प्रेसको व्यवस्था भइसकेको बताएका हुन्।
जनशक्ति र वित्तीय व्यवस्थापन गरी प्रेस सञ्चालनको तयारी भइरहेको उनको भनाइ छ । पासपोर्टलगायत सुरक्षाका कुनै पनि सामग्री छपाइका लागि अब विदेश जानु नपर्ने उनको भनाइ छ ।
उनले भने, ‘बैंक नोटबाहेक सबै चिज उत्पादन गर्न सक्ने, प्रिन्ट गर्न सक्ने प्रिन्टिङ प्रेसको प्रबन्ध भइसकेको छ । म्यानपावरको हिसाबले प्रबन्ध गरेर, वित्तीय व्यवस्थापन गरेर हामी त्यो काम गर्दैछौं । अबदेखि यस्ता चिजहरू छाप्नका लागि विदेश जानुपर्दैन। त्यो काम मन्त्रालयले सुरु गरिसकेको छ ।’
प्रतिक्रिया