बुटवल पावरले न्यादी हाइड्रोपावरमा रहेको ३१ लाख कित्ता शेयर दोस्रो बजारमा बिक्री गर्ने


काठमाडौं – बुटवल पावर कम्पनीले आफ्नो नाममा रहेको न्यादी हाइड्रोपावर कम्पनीको शेयर दोस्रो बजारमा बिक्री गर्ने निर्णय गरेको छ । कम्पनीले न्यादी हाइड्रोमा आफ्नो नाममा रहेको ३१ लाख कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको हो ।

कम्पनीले विद्युतिय सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पुर्वस्वीकृति तथा नियमन निर्देशिका २०७८ को दफा ११ अनुसार उक्त निर्णय सम्बन्धी सर्वसाधरणमा जानकारी गराएको छ ।

न्यादी हाइड्रोपावरको संस्थापक शेयरको लकइन अवधि गत कार्तिक ४ गते समाप्त भएको थियो । लकइन अवधि सकिएपछि बुटवल पावरले शेयर बेच्न लागेको हाे ।