शेयर बजारमा हरियाली, १० अर्ब माथिको कारोबार

‘बैंकिङ्ग समूहमा ३६ दशमलव ३८ अंकको वृद्धि’


काठमाडौं – बुधबार शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा ६१ दशमलव २६ अंकको  वृद्धि आउँदा  बजार २६ सय ९२ दशमलव ७० को बिन्दुमा कायम भएको छ । आज ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोको शेयर किनबेच भएको छ ।

आज यस कम्पनीको ५९ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५४ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४३ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

बुटवल पावर कम्पनी र ओम मेगाश्रीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशवलमव ४३ प्रतिशतका दरले गुमाएका हुन् । यसदिन १३ वटै उपसूचकमा हरियाली देखिएको छ ।