काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारणको वितरण योग्य मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको १५१ औँ बैठकले १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हाे ।
कम्पनीको हाल चुक्ता पुँजीको ४ अर्ब ६४ करोड को १२ प्रतिशतले हुन आउने रकमको ५५ करोड ६८ लाख बराबरको बोनस शेयर र ०.६३१५ प्रतिशत अर्थात् २ करोड ९३ लाख १ हजार ६ सय नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिरकणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।
प्रतिक्रिया