सांसद कार्कीः धितोपत्र बोर्डका अध्यक्षले आईपिओ निष्कासनको लागि कमिसन मागेको सुनिएको छ, कारबाही गरौँ


काठमाडौं – प्रतिनिधिसभा सदस्य रोशन कार्कीले नेपाल धितोपत्र बोर्डका प्रमुखले आईपिओ निष्कासनको लागि ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको सुनिएको भन्दै कारबाहीको माग गरेकी छिन् ।

कार्कीले बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आईपीओ जारी गर्न धितोपत्र बोर्डका अध्यक्षले कमिसन मागेको भन्दै उनीमाथि कारबाहीको माग गरेकी हुन् ।

उनले भनिन्, ‘आईपीओ निस्काशन गर्नका लागि धितोपत्र बोर्डका प्रमुखले ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको भन्ने कुरा प्रशस्त बजारमा आइरहेको छ।’

साथै, कार्कीले थपिन् ‘धितोपत्र बोर्डका अध्यक्षले खुलमखुल्ला जसरी कमिसन मागेका छन्, मलाई त लाग्छ–प्रधानमन्त्रीज्यूको अध्यक्षमा बनेको सुशासन आयोगले एउटा राम्रो काम पाएको छ,’ ।